विप्लवका नेता अन्सारी र भण्डारी पक्राउ

Netra bikram chand Biplav
रासस न्यूज
0 Shares

परासी, २६ असार । पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन्।

अन्सारीलाई बिहीबार र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। दुबै आगो लगाएको सङ्गठित अपराध मुद्दामा फरार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

रामग्राम १० नदवा बस्ने वर्ष ५७ का अन्सारीलाई बिहीबार बिहान घरबाटै पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको उनले बताए। यसअघि विप्लव समूहकै जिल्ला सदस्य तथा उक्त समूहको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) नवलपरासीकी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

२२ वर्षीया भण्डारीलाई पश्चिम नवलपरासी प्रहरीले सरावल गाउँपालिका १ बासाचोकबाट पक्राउ गरेको थियो।भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान थालिएको छ। भण्डारी कपिलवस्तु शिवराज नगरपालिका १ की स्थायी बासिन्दा हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्