काठमाण्डौं, २६ असार । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ। एकले अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाएपछि बिहीबार महानगरीय प्रहरी परिसरमा उनीहरुबीच कुरा मिलेको हो।
अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी परिषर काठमाडौले उनलाई बोलाएको थियो। निर्माता ओझाले प्रहरीसमक्ष शान्ति सुरक्षामा कुनै पनि आँच आउने कुरा नगर्ने प्रतिबद्धता जनाएपछि दुवैबीच सहमति भएको प्रहरीले जनाएको छ।
शिल्पाले दिएको निवेदनका आधारमा छविलाई छलफलका लागि परिसरमा बोलाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए। उनीहरुलाई बिहान १० बजे छलफलका लागि प्रहरी परिसरमा बोलाइएको थियो। लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँमा गोप्य रुपमा बिवाह भएको थियो।