विप्लवका जिल्ला सेक्रेटरी खड्का पक्राउ

biplab netra bikram chand
लाेकपाटी न्यूज
0 Shares

चितवन, २७ असार । चितवन प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ। चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई बिहीबार पक्राउ गरेको हो।

सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं २ खाल्पा माइती घर भएकी खड्का विप्लव समूह गठन भएको विसं २०७१ मङ्सिर ८ गतेदेखि नै सो पार्टीमा आबद्ध थिइन्।

उनी पार्टीको महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक हुँदै विगत एक वर्षदेखि सोलुखुम्बु जिल्लाको सेक्रेटरी भई काम गर्दै आएको प्रहरीले जनाएको छ। पक्राउ परेकी खड्काबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्