भारतले खोल्न नमानेको बाँध आफैं फुटेपछि भारतीय बस्ती नै जाेखिममा

लाेकपाटी न्यूज
0 Shares

रौतहट, २८ असार । अविरल वर्षापछि आएको बाढीले बैरगनिया, अशोगी, भकुरहर र सिन्धुलिया बाँध भत्काएको छ । यो बाँध भारतीय पक्षले खोल्न नमान्दा नदीमा बढेको पानीको बहाबले भत्काएको स्थानीयले बताएका छन् ।

बाँधका कारण रौतहटका अधिंकाश गाउँ डुबानमा परेका छन् । जिल्ला जलमग्न भएपछि बाँध खोल्न जिल्ला प्रशासनले थालेको पहललाई भारतीय पक्षले अस्वीकार गरिरहेकाे बेला बाँध फुटेको हो ।

बाँध फुटेपछि रोतहटमा पानीको सतह कम हुँदै गएको छ भने भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलियामा पानीको सतह बढ्न थालेको छ । त्यहाँका स्थानीय अहिले त्रसित अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्