धन हाम्रो भौतिक जीवनका लागि अपरिहार्य छ । दैनिक गुजाराका लागि मात्र होइन, जीवनलाई सहज र सरल बनाउनका लागि धन चाहिन्छ। हुन त जीवनमा विद्याको महत्व पनि सामान्य रहँदैन। तर, धन र विद्याको आ–आफ्नै अलगअलग महत्व छ।
विद्याले हामीलाई बौद्धिक रुपमा सम्पन्न तुल्याउँछ। त्यसैगरी धनले भौतिक जीवनलाई सम्पन्न तुल्याउँछ। यी दुबै एकअर्काको परिपूरक पनि हुन्। भनिन्छ नै, ज्ञान विनाको धन व्यर्थ छ। विहान बेलुकी छाक जुटाउन, चाडपर्व मनाउन, उपचार गर्न, हिँडडुल गर्न हामीलाई धन चाहिन्छ। जीवनको सम्पूर्णता धन होइन । तर, जीवनको अपरिहार्य धन हो।
आजको भौतिक समाजमा हाम्रो गुजारा मात्र होइन, सपनासँग पनि धनको साइनो छ। तर, धनप्रति त्यति धेरै आशक्ति पनि राख्नुहुँदैन कि, जसले हाम्रो चैन बिथोलिन्छ, निद्रा विथोलिन्छ, भोक हराउँछ, सुख हराउँछ। धनको उपयोगिता बुझेर सही मार्गबाट आर्जन गर्नका लागि प्रयास गर्नुपर्छ। अन्यथा, गलत बाटोबाट आर्जन गरेको धनले हामी आफैलाई नष्ट गर्छ।
कसरी धनी हुने ?
चाहेर मात्र कोही पनि धनी बन्न सक्दैन। धनी बन्नका लागि केही शर्तहरु पालन गर्नुपर्छ, जीवनलाई सही बाटोमा डोर्याउनुपर्छ। अनि केही त्यस्ता गुप्त सुत्रहरु छन्, जसलाई जीवनमा लागू गर्नुपर्छ। यी गुप्त सुत्रलाई अपनाएर चमत्कारी परिणाम प्राप्त हुनसक्छ, जुन वैज्ञानिक एवं ज्योतिषीय दृष्टिले पनि महत्वपूर्ण मानिएका छन्। ती यी हुन्।
१. आफू धनी छु भन्ने विश्वास – साँच्चै नै धनी बन्ने चाहना छ भने आफू धनी भएको कुरामा विश्वास गर्न थाल्नुपर्छ। धनीहरुको जस्तो सोच हुन्छ आफूले पनि त्यस्तै सोच अँगाल्नुपर्छ। विश्वासमा ठूलो शक्ति हुन्छ। जस्तो विश्वास राखियो आफू त्यस्तै भइन्छ ।
विश्वासको शक्तिमाथि विश्वास गरेर सोचाइमा परिवर्तन ल्याइयो भने धनी हुन कुनै मुस्किल छैन। तर, विश्वासमा कुनै प्रकारको द्विविधा वा शंका हुनुहुँदैन। यसको विपरीत जो मानिस आफूलाई दरिद्र वा धनहीन ठान्छ, ऊ सदैव दरिद्र नै रहन्छ। ऊ कहिल्यै पनि धनी हुन सक्दैन। यसकारण विश्वास अँगालेर जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ।
२. धन्यवाद दिने बानी – जसले हरेक कामको सफलता वा असफलतामा मनैदेखि धन्यवाद दिन्छन्, त्यस्ता व्यक्तिहरु सम्पन्न छन्, धनी छन्। जीवनमा आफूलाई जेजति कुरा प्राप्त भएको छ त्यसका लागि प्रकृति वा कुनै पनि व्यक्तिलाई मनैदेखि धन्यवाद दिने व्यक्ति कृतज्ञ हुन्छ र उसलाई कहिल्यै पनि कुनै कुराको अभाव हुँदैन। धन्यवादमा ठूलो शक्ति हुन्छ। यसकारण प्रतिपल धन्यवाद दिनका लागि तयार रहनुपर्छ किनभने आगामी दिनमा त झन् अझ धेरै कुरा पाइने पक्कापक्की छ।
३. प्रकृतिको सामर्थ्यमाथि विश्वास – प्रकृति वा आकाशसँग मानिसलाई दिनका लागि धेरै कुरा छन्। तर, त्यो कुरा मानिसलाई तबसम्म प्राप्त हुँदैन, जबसम्म उसमा कुनै पनि कुरा प्राप्त गर्नका लागि मनको भित्रैदेखि तीव्र चाहना उम्रिएको हुँदैन। तीव्र चाहना भयो भने मागेको कुरामा शक्ति भयो भने मात्र इच्छित वस्तु प्राप्त हुन्छ। सतही ढंगले गरिएको मागमा बल हुँदैन र त्यसबाट केही पनि प्राप्त हुँदैन। त्यसका लागि कठोर परिश्रम वा साधना चाहिन्छ।
४. वास्तुशास्त्रको नियम पालना – भनिन्छ, मानव जीवनमा तीन कुराको उत्तिकै र बराबरी महत्व छ, कर्म, वास्तु र भाग्य । यी ३ कुरामध्ये कुनै दुई कुरा मात्रै पनि प्राप्त भयो भने पनि जीवन सार्थक हुन्छ। घरलाई वास्तुअनुसार निर्माण गर्नुपर्छ। क्रोधको त्याग गर्नुपर्छ। बैठक कोठामा परिवारको हाँसोयुक्त तस्बिर राख्नुपर्छ। पूजास्थलमा धनवर्षा गरिरहेकी माता लक्ष्मीको फोटो राख्नुपर्छ। खाना जहिले पनि पूर्व वा उत्तरतर्फ फर्किएर खानुपर्छ।
घरको पैसा राख्ने ठाउँमा तामा, पित्तल वा चाँदीका सिक्का राख्नुपर्छ। यसका साथै बेसारको चोइटो, पहेँलो कौडा, तामा वा चाँदीको सिक्का राख्नुपर्छ। घरलाई सुगन्धित बनाइराख्नुपर्छ। खल्तीमा सदैव केही सिक्का राख्नुपर्छ। प्रत्येक शनिबार पीपलमा जल चढाउने तथा सम्भव भएसम्म मंगलवारको व्रत बस्ने गर्दा धनी हुन समय लाग्दैन।
५. राति नोट गनेर मात्र सुत्ने – यो निकै प्रभावकारी उपाय हो। यसका लागि १०, २०, ५०, १०० वा यसभन्दा माथि जतिको सकिन्छ, त्यति नोटको एक गड्डी बनाइराख्नुपर्छ। प्रत्येक रात सुत्नुअघि त्यो नोटको गड्डीलाई गन्ने र निश्चित स्थानमा राखेर सुत्ने। यस्तो कार्य कम्तीमा पनि ४५ दिनसम्म गर्ने। यसो गर्नाले जीवनमा कतै न कतैबाट धन प्राप्त हुन थाल्छ, सकारात्मकताको विकास हुन्छ र पैसा कमाउने बुद्धि पलाउन थाल्छ।
धनी बन्न रोक्ने ७ बानी के–के हुन् ?
प्रत्येक व्यक्तिलाई पैसा कमाउने एक न एक मौका आउने कुरामा अर्बपति स्टीभ सीबोल्ड विश्वास गर्छन्। मानिसका कतिपय बानी तथा आदतले उसलाई धनी बन्नबाट रोक्ने उनको तर्क छ। यदि यी सात बानी सुधार्न मानिसले सकेन भने उ कहिल्यै पनि धनी बन्न सक्नेछैन।
१. कमाइमा भन्दा बचतमा बढी जोड – धेरै मानिस कमाईमा भन्दा पनि बचत गरे धनी बन्न सकिने विश्वास गर्छन्। तर, धनी बन्नका लागि बचतका साथै कमाईमा पनि उतिकै ध्यान दिन जरुरी छ। कसरी बचत गर्ने भनेर चिन्ता जतिकै कमाइमा पनि ध्यान दिने हो भने मानिस धनी बन्नबाट रोक्न नसकिने उनको भनाइ छ। तसर्थ धनी मानिस बन्न धनी मानिसले जस्तै गर्नुपर्छ। धनी बन्ने हो भने पैसा सकिन्छ भनेर चिन्ता गर्नभन्दा पनि पैसा कसरी बड्छ भनेर चिन्तन गर्ने हो भने धनी बन्न पनि गाह्रो छैन।
२. लगानी नगर्ने – पैसा कमाउने सबैभन्दा सजिलो माध्यम लगानी गर्नु नै हो। यदि तपाईले आजसम्म पनि लागनी गर्न सुरु गर्नुभएको छैन भने तपाई धनी बन्ने तपाईको सपनामात्र हुन सक्छ। जति चाँडो मानिसले लगानी गर्न सुरु गर्छ त्यति नै चाँडो उ धनी बन्न सक्छ। करोडपतिहरुले आफ्नो घरायसी आम्दानीको कम्तीमा पनि २० प्रतिशत लागनी गर्ने गरेको ‘आइ विल टीच यु टु बी रिच’ नामक पुस्तकमा उल्लेख छ।
३. अरुको जीवन बाँच्ने – धेरै मानिस आफ्नो भित्री इच्छा नै पत्ता लगाउन सक्दैनन्। आफ्नो भित्री चाहना पत्ता लगाए पनि सोही विषयसँग सम्बन्धित काम गर्दैनन्। अरुकै इच्छा जिउने मानिस धनी बन्न सक्दैन। तसर्थ आफ्नो इच्छा जुन क्षेत्रमा छ, त्यही क्षेत्रमा काम गर्ने मानिस मात्र वास्तवमा धनी बन्न सक्छ। यदि यो गल्ती नगर्ने हो भने धनी बन्न सक्दैन।
४. पहिले खर्च अनि मात्र बचत – धेरै मानिस आफ्नो आम्दानीबाट पहिले खर्च छुट्याउँछन्। अथवा खर्च गरेर बचेका मात्र बचतका रुपमा प्रयोग गर्छन्। तर, यो बानी नसुधार्ने मानिस धनी बन्न सक्दैन। निश्चित आम्दानीबाट निश्चित रकम पहिले नै बचतका लागि छुट्याउने र बाँकी मात्र खर्च गर्ने मानिस नै वास्तवमा एक दिनको धनी मानिस हो। कम्तीमा पनि आम्दानीको १० प्रतिशत बचत नगर्ने मानिस धनी बन्न सक्दैन।
५. धनी बन्न सकिन्न भन्ने सोचाइ – मानिसलाई धनी बन्न सबैभन्दा पहिले सोही मानिसको सोचाइले नै रोकेको हुन्छ। धनी बन्न चाहने तर वास्तवमा धनी बन्न नसकेका धेरै मानिस ‘म धनी बन्न सक्दिनँ’ भन्ने हीन सोचाइबाबाट गुज्रिरहेका हुन्छन्। सबैभन्दा यो सोचाइलाई जरैबाट निर्मूल गरेर प्रसास गरे धनी बन्न गाह्रो नभएको विश्वास सीबोल्डको छ।
७. चुनौतीबाट भाग्ने – जो कोही पनि मानिसलाई कुनै न कुनै किसिमको समस्या परिरहेको हुन्छ। तर, समस्या तथा चुनौतीबाट भाग्ने मासिन वास्तवामा धनी बन्न सक्दैन। हर चुनौतीलाई सकेसम्म सामाधान गर्न गर्दै जाने मानिस नै भविष्यको धनी मानिस हो।