प्रधानमन्त्री रोजगार कार्यक्रमको चेक बुझ्न गएका नेकपा नेता सिंह मृत फेला

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) का नेता मृत फेला परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ७ का स्थानीय नेता बसन्त बहादुर सिंह मृत फेला परेका हुन् ।

असार २७ गते प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित कामको रकम भुक्तानीको चेक बुझ्न भनेर घरबाट निस्किएका सिंह मंगलबार मृत फेला परेका हुन् । म ३ प ५३७ नम्बरको मोटरसाइकलमा निस्किएका सिंह रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

उनकाे हत्या भएकाे भन्दै स्थानीयले अनुसन्धानकाे माग गरेका छन् ।  आत्महत्या गरेको देखाउनका लागि कसैले उनको शव ढुङ्गामा राखेर घाँटीमा डोरी बाँधेर रुखमा झुन्ड्याएको हुनसक्ने स्थानीयको भनाइ छ ।

प्रहरीले भने घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको र शवको पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान शुरु गर्ने जनाएको छ । शनिबार सिंहको परिवारले उनी बेपत्ता भएको भन्दै खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

आफन्तको निवेदन पछि खोजीमा जुटेको प्रहरीले आइतवार सिंहले घरबाट निस्किँदा लिएको म ३ प ५३७ नम्बरको मोटरसाइकल भीमदत्त नगरपालिका–७ खन्याखोलामा फेला पारेको थियो । धनगढीबाट तालिमप्राप्त कुकुर समेत ल्याएर सिंहको खोजीमा जुटेको प्रहरीले मंगलबार सडेको अवस्थामा उनको शव फेला पारेको हो ।

सिंहको शव उनको मोटरसाइकल फेला परेको भन्दा करिब ४ किलोमिटर टाढा चुरेको जंगलामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्