काठमाडौं, २ साउन।थापाथलीस्थित प्रसूती गृहमा सुत्केरी गराउन लगिएकी आमा र बच्चाको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको छ।
सुत्केरी गराउन प्रसुुति गृह भर्ना भएकी नुवाकोट दुप्चेकी ३८ वर्षीया कल्पना तामाङको मृत्यु भएको छ। अस्पतालको हेलचेक्रयाइका कारण आमाको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्। शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने बताउँदै मंगलबार भर्ना गरेको तर एकैपटक बुधबार अस्पतालले मृत घोषणा गरेको आफन्तको आरोप छ।
तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ। समस्या समाधानका लागि अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता भइरहेको छ। अस्पतालले बच्चाको अवस्था पनि जानकारी नगराएको आरोप लगाएका छन्।