आज सुनको मूल्य अहिले सम्मकै उच्च

Gold
लाेकपाटी न्यूज

काठमाडौं, ३ साउन । सुनको मूल्यमा अर्को नयाँ रेकर्ड कायम भएको छ। ६५ हजार ५ सय रुपैयाँको अर्को नयाँ रेकर्ड कायम भएको हो।

असार ६ गते सुनले ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो।  त्यस यता प्रतितोला ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार भइरह्यो। अघिल्लो एक हप्ता सुनको मूल्य स्थिर देखियो। हप्ताभरि सुन लगातार ६४ हजार ५ सय रुपैयाँमा मात्रै कारोबार भयो।

एक हप्तासम्म लगातार एउटै मूल्यमा कारोबार भइरहेको सुन हिजो बिहीबार ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भयो। सुन हिजोको मूल्यमा फेरि ५ सय रुपैयाँ बढेर आज शुक्रबार अहिले सम्मकै उच्च मूल्यको नयाँ रेकर्डमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शक्ति राष्ट्र अमेरिकाको चाइना, भारत, इरान लगायतका राष्ट्रहरूसँगको विवादका कारण अन्तर्राष्ट्रियस्तरमा नै सुनको मूल्य बढेकाले यसको असर नेपाली बजारमा देखिएको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्