भारततर्फ लैजाँदै गरेका ११ जनाको उद्दार, ३ पक्राउ

Arrest pic
लाेकपाटी न्यूज

मोरङ, ३ साउन । रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङबाट ११ जनाको उद्धार गरिएको छ ।

जिल्लाको उर्लाबारी नगरपालिका–४ बस्ने २६ वर्षीय करन लिम्बुसहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्दार गरेको हो ।

उनीहरुलाई भारततर्फ लैजाने मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका–७ बस्ने ४० वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ परेका छन् । पक्राउ परेकाहरमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्