अफ्रिका कप अफ् नेसन्सको उपाधि अल्जेरियालाई

afc_algeria
लाेकपाटी न्यूज

काठमाडौं, ४ साउन। अफ्रिका कप अफ् नेसन्सको उपाधि अल्जेरियाले जितेको छ।सेनेगललाई १–० ले हराउँदै अफ्रिका कप अफ् नेसन्सको उपाधि अल्जेरियाले जितेको हो। अल्जेरियाले दोस्रो पटक अफ्रिका कप अफ् नेसन्सको उपाधि जितेको हो।

इजिप्टको कायरो अन्तर्रा्ष्ट्रिय रंगशालामा भएको खेलमा बाघदाद बोउनदेजाको प्रहार सालिफ सानेको खुट्टामा लागेर डिफ्लेक्ट भएको बल गोलमा परिणत भएको थियो। खेलको दोस्रो मिनेटमा नै भएको गोल नै अल्जेरियालाई जित दिलाउनका लागि निर्णायक बन्यो।

खेलमा सेनेगलले अल्जेरियामाथि दबाब कायम गरे पनि गोल भने गर्न सकेन। खेलमा सेनेगलले अल्जेरियाको पोस्टमा १२ पटक एटेम्प्ट गरेको थियो। जसमा तीनवटा सट फ्रेममा लागेको थियो ।

दोस्रो हाफमा एमबाए नियाङले दुईवटा उत्कृष्ट मौका गुमाएका थिए। दोस्रो हाफमा सेनेगललाई पेनाल्टी पनि दिइएको थियो। तर, भिडियो एसिस्टेन्ट रेफ्रीले त्यो पेनाल्टीको निर्णय उल्टाएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्