बुद्धचित्तको दानासहित चार जना पक्राउ

bodhi-chitta
लाेकपाटी न्यूज

भक्तपुर, ६ साउन । अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दानासहित चार जना पक्राउ परेका छन्। सूर्यविनायक नगरपालिका ८ स्थित बा.२ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दाना फेला पारी ट्याक्सी चालक सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ७ बसुन्धरा बस्ने ४० वर्षीया शुक्र लामा, काठमाडौं बसुन्धारा बस्ने दोलखा भिमेश्वर नगरपालिका १२ घर भएका २१ वर्षीय रोशन कार्की, काठमाडौं बसुन्धारा बस्ने रामेछाप सुनापती घर भएका २५ वर्षीय रुपेश लामा र ट्याक्सी चालक काठमाडौं कपन बस्ने सिन्धुली रानीबास घर भएका २१ वर्षीय बिनोद माझी रहेका छन्।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्याक्सी जाँच गर्दा ७ वटा बोरामा रहेको उक्त परिमाणको बुद्धचित्तको दाना फेला पारेको थियो।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्