‘कबड्डी ३’ काे गीत रिलिज, भदाै १३ बाट फिल्म प्रदर्शन (भिडियाे)

लाेकपाटी न्यूज

काठमाडौं, ६ साउन । दयाहाङ राई र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को गीत सार्वजनिक गरिएको छ । फिल्मको कथाअनुसार सुहाउँदो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘दूबो फुल्यो’ बोलको गीतमा हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर सुन्न सकिन्छ । गीतमा पैसा नभएका कारण प्रेमिका प्रेमीसँग टाढा हुँदै गएको देखाइएको छ । गीतमा  हर्क साउदकाे शब्द छ भने एसडी योगीले संगीत दिएका छन् । गीतको भिडियोमा फिल्मका शीर्ष कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्ममा दयाहाङ र उपासनाका अलावा रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराज, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको स्किृप्ट छ । यस्तै फिल्मलाई रामबाबु गुरुङले नै निर्देशन गरेका हुन् । यो फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

भिडियाे

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्