माइला लामा जेल चलान

maila-lama-biplab-leader pic
लाेकपाटी न्यूज

काठमाडौं, ८ साउन । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो ईन्चार्ज माइला लामालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।  लामालाई मंगलबार ललितपुरस्थित नख्खु कारागार चलान गरिएको हो।

काठमाडौंको काँडाघारीबाट आइतबार मध्यराती पक्राउ परेका उनलाई बम विष्फोट र ज्यान मार्ने उद्योगविरुद्धको मुद्धा चलाइएको छ। लामासँगै सो समूहका रेशम तामाङ पनि पक्राउ परेका थिए।

प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ। लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्