पार्टी नेतृत्वलाई याेगेश भट्टराईका पाँच सुझाव

Yogesh bhattarai
लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं, ८ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता याेगेश भट्टराईले पार्टी नेतृत्वलाई पाँच वटा सुझाव दिएका छन् ।कार्यविभाजन र जिम्मेवारी बाँडफाडका विषयमा पार्टीमा विवाद र वहस भइरहेको बेला भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना धाराणा सार्वजनिक गरेका हुन्।

नेकपाभित्र स्कुल विभागको प्रमूख को हुने भन्ने विषयमा तिब्र विवाद छ। स्कुल विभागमा सचिवालय सदस्यका नेताद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले आ–आफ्नो दाबी प्रस्तु गरिरहेका छन्।

नेता घनश्याम भुसालले पनि आफू स्कुल विभागको लागि उपयुक्त पात्र भएको दाबी प्रस्तुत गरेका छन्। पछिल्लो समय वरिष्ठ नेता झलनाथ खनालको नाम पनि स्कुल विभाग प्रमूखमा जोडिएर आउन थालेको छ।

यस्ता विभिन्न वहसका बीच नेता भट्टराईले पार्टी नेतृत्वको ध्यानाकर्षण गर्न भन्दै आफ्ना धारणा सार्वजनिक गरेका हुन्। उनले कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा मात्रै जिम्मेबारी दिनुपर्नेमा जोड दिएका छन्।

कसैलाई पनि स्थायी रुपमा कुनै जिम्मेवरी दिन नहुने, हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गर्नुपर्ने नेता भट्टराईकाे धारणा छ।

यस्ता छन् पार्टी नेतृत्वलाई नेता भट्टराईका पाँच सुझावः 

१. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊँ।

२ . कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊँ। हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौँ।

३. पार्टीमा भूगोल, बिभाग र फाँट गरी कामका तीन क्षेत्र छन्। रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊँ।

४. प्रत्येक ब्यक्तिको कार्य मूल्याङ्कनलाई वैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊँ। हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौँ। त्यसका आधारमा पुरस्कृत र दन्डित गर्ने पारीपाटी बसालौँ।

५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौँ र बुझाऔँ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्