क्लिन फिड यसरी लागू हुँदैैछ

clean-feed 1
लाेकपाटी न्यूज

काठमाडौं, ११ साउन। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण (क्लिन फिड) कानून बनेको एक विर्षपछि लागू गर्ने गरी सहमति जुटाएको छ।

विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना टेलिभिजन सिग्नल डिस्ट्रिब्युट को हकका लागि एक वर्ष र नयाँ टेलिभिजन सिग्नल डिस्ट्रिब्युटका लागि कानून लागू भएपछि नै कार्यान्वयन हुने व्यवस्था राख्ने सहमति गरेको हो।

विधेयक पारित पछि राजपत्रमा सूचना भएको एक वर्षपछि पुराना टेलिभिजन सिग्नल डिस्ट्रिव्युटको हकमा लागू हुने र नयाँका लागि राजपत्रमा सूचना प्रकाशित भए लगत्तै लागू हुने व्यवस्था गरेका छौँ, समिति सभापति कल्याणी खड्काले भनिन्।

सरकारले ल्याएको प्रस्तावित विधेयकको दफा ६ मा क्लिन फिड तोकिएको मितिदेखि लागू हुने व्यवस्था राखेको थियो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्