काठमाडाैं, ११ साउन । केही दिन देखि नेपालमा मनसुनी वर्षा कम भएकाे छ । वर्षा कम भएसँगै बाढीको जोखिम पनि घटेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न जिल्लामा बाढीकाे केही सम्भावना रहेकाे छ । महाशाखाका अनुसार ओखलढुङगा, रसुवा, धादिङ, गोरखा, दोलखा, रामेछाप, सिन्धुली, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, जुम्ला, डोल्पा, मुगु भई बहने केही खहरेहरूमा तुलनात्मक रुपमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना छ।
आगामी तीन दिन अर्थात् सोमबारसम्म देशका मुख्य नदीहरूको बहाव भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34