एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त परिषद र सम्मान कार्यक्रम गर्ने

लाेकपाटी न्यूज

काठमाडाैं, ११ साउन । एकीकृत अखिल नेपाल शिक्षक संगठनले यही साउन २५ गते ३ नम्बर प्रदेश अन्तर्गतका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद गर्ने भएकाे छ ।

स‌ंगठनले परिषदसँगै विभिन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि गर्ने भएकाे छ। सम्मान कार्यक्रम अन्तर्गत यस वर्षकाे सईई परीक्षामा ४ जिपिय ल्याउने छात्रछात्रा र विद्यालयलाई सम्मान तथा शिक्षामा लामो काम गरेका शिक्षाविद्लाई सम्मान गर्न लागेकाे संगठनका प्रचार विभाग सदस्य रत्न सुनुवारले जानकारी दिए ।

कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमूख अतिथिकाे रुपमा उपस्थिति रहने प्रचार विभाग सदस्य सुनुवारले जनाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्