काठमाडाैंमा एक युवामाथि दिउँसै खुकुरी प्रहार

Khukuri
प्रतीकात्मक तस्बिर
लाेकपाटी न्यूज

काठमाडाैं, १२ साउन । काठमाडौँ टोखा नगरपालिका –३ स्थित विष्णुमती पुल नजिकै एक युवामाथि दिउँसै खुकरी प्रहार भएको छ। शनिबार दिउँसो टोखा नगरपालिका–३ स्थित विष्णुमती पुल नजिक दोलखा घर भई सोही स्थानमा बस्ने ४५ वर्षीय शुकमान तामाङमाथि खुकुरी प्रहार भएको हो।

खुकुरी प्रहारबाट गम्भिर घाइते बनेका तामाङको ग्रान्डी अस्पताल धापासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारमा संलग्न रहेको भन्दै प्रहरीले सोही ठाउँ बस्ने २५ वर्षीय धन बहादुर मोक्तानलाई पक्राउ गरेको छ।

मोक्तानलाई शनिबार दिउँसो प्रह महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित पक्राउ गरेको हो। पक्राउ परेका मोक्तानलाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्