कांग्रेस जिल्ला सचिव श्रेष्ठकाे मृत्यु

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ साउन । नेपाली कांग्रेस पर्वतका जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठकाे मृत्यु भएकाे छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा श्रेष्ठकाे आज मृत्यु भएकाे हाे ।

माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको छेउमा उनकाे शव भेटिएकाे थियाे । यद्यपि मृत्युकाे कारण भने खुलेकाे छैन । मृत्युबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको छेउमा गम्भिर घाइतेका रुपमा भेटिएका श्रेष्ठलाई उपचारका लागि पिपुल्स हस्पिटलमा लगिएकाे थियाे । हस्पिटलले उनलाई मृत घाेषित गरेका हुन् ।

श्रेष्ठ बालुवाटारको चर्चित ललितानिवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने प्रकरणमा मुछिएका थिए। ललिता निवासको सो जग्गा व्यक्तिका नाममा पुर्याउनका लागि मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्