क्रिकेट क्लवकाे सल्लाहकार संयाेजकमा सुवेदी

लाेकपाटी न्यूज

चितवन, १२ साउन । चितवनमा क्रिकेटको विकास र खेलाडी उत्पादनमा उल्लेखनीय भुमिका निभाउँदै आएको अग्रणी क्लब भरतपुर क्रिकेट क्लबकाे सल्लाहकार समिति संयोजकमा सुदिप सुवेदी चयन भएका छन् । समाजसेवी समेत रहेका सुवेदी क्लबको विधानअनुसार सर्वसम्मतीले चयन भएका हुन् ।

क्लबका अध्यक्ष अनिल अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै सुवेदीलाई सर्वसम्मतीले संयोजक भएको जानकारी गराएका छन्। यसअघि क्लबले नेपालकै पहिलो मेयर कप क्रिकेट लगायत अन्तर कलेज, अन्तर स्कूल, तथा अन्तर क्लब क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त क्लबले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्नुका साथै नेपाल तथा चितवनकै खेलकुद विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरेको राष्ट्रिय खेलाडी तथा क्रिकेट प्रशिक्षक अनिल अधिकारीले जानकारी दिए ।

क्लवले आगामी दिनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा सहयोगको लागि च्यारिटी इभेन्टका लागी उपाध्यक्ष सुशिल घिमिरको संयोजकत्वमा सात सदस्य आयोजक समिती पनि गठन गरेको छ  ।

यसैबिच मनसुनको समाप्ति संगै भरतपुर महानगरपालिकाँग समन्वय गर्दै भरतपुर क्रिकेट क्लबले दुई हप्ते क्रिकेट प्रशिक्षण शिविर पनि संचालन गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्