वडामै दुई करोड बढीको लिची बिक्री

litchi-fruit pic
रासस न्यूज
0 Shares

खोटाङ,१३ साउन। रावाबेंसी गाउँपालिकाको दुईवटा वडाका किसानले लिची बिक्रीबाट यस वर्ष मात्रै दुई करोडभन्दा बढी रकम आम्दानी गरेका छन्। वडा नम्बर १ कुभिन्डे र वडा नम्बर २ खार्पाका किसानले यस वर्ष लिची बिक्रीबाट दुई करोड दशभन्दा बढी रकम आम्दानी गरेका हुन्।

कुभिन्डे र खार्पाका किसानले उत्पादन गरेको लिची यस वर्ष जिल्ला बाहिरसमेत निर्यात भएको गाउँपालिकाले जनाएको छ। कुभिन्डे र खार्पामा यस वर्ष एक हजार ४८७ मेट्रिक टनभन्दा बढी लिची उत्पादन भएको जनाइएको छ।लिचीलाई प्रतिदानाका हिसाबले बिक्री गरिने भएकाले ४० देखि ४५ दानालाई एक केजी मान्दा प्रतिकेजी ३५ पर्ने किसानले बताएका छन्।

कुभिन्डे र खार्पाको १७५ हेक्टर क्षेत्रफल जग्गामा लिची खेती गरिएको छ। दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाको करीब ४०० हेक्टर क्षेत्रफल जमीनमा लिची खेती गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमूख हरिनारायण राईले बताए। जिल्लामा हाल रावाबेंसी गाउँपालिकाको कुभिन्डे र खार्पामा मात्र लिची उत्पादन हुने भएकाले सो स्थानका किसानले लिचीबाट राम्रो आम्दानी गर्दै आएका छन्।

कुभिन्डे र खार्पामा उत्पादित लिची दिक्तेल, बाक्सिला, ऐसेलुखर्कलगायतका बजारमा खपत हुने गरेको छ। रावाबेंसी गाउँपालिकामा उत्पादित लिची उदयपुरको गाईघाट, कटारी, सप्तरी, ओखलढुङ्गा र सोलुखुम्बूसम्म पुग्ने गरेको छ।रावाबेंसी गाउँपालिकाका स्थानीयवासीले कोसेलीका रुपमा काठमाडौं, धरान, विराटनगरलगायतका ठाउँमा समेत कुभिन्डे र खार्पामा उत्पादित लिची पुर्याउने गरेका छन्। कुभिन्डे र खार्पामा उत्पादित लिची गाउँकै स्थानीयले ठेगेर बजार पुर्याउने गरेका छन्।

बोटमा कम्तिमा रु १२० मा १०० वटाका दरले ठेग्न पाइने लिची बजारमा पुर्‍याएपछि प्रतिगोटा कम्तिमा दुईमा बिक्री हुन्छ। एक जनाले एक पटकमा हजार दानाभन्दा बढी लिची बजार पुर्‍याउन सकिने कृषकले बताएका छन्। कुभिन्डेका अधिकांश लिची कृषक आफूले उत्पादन गरेको लिची आफैँले डोकोमा बोकेर बजार पुर्‍याउने गरेका छन्। आफैँले बोकेर बिक्री गर्दा ज्यालासमेत बच्ने भएकाले आफूले उत्पादन गरेको लिची आफैँ बोकेर बिक्री गर्ने गरिएको कुभिन्डेकी किसान रीता मगरले बताइन्।

जिल्ला बाहिरबाट लिची आयत नहुने भएकाले स्थानीय लिची व्यवसायीले वर्षमा एक पटक राम्रो आम्दानी लिने गरेका छन्। जिल्लाको प्रमूख व्यापारिक केन्द्र दिक्तेल बजार जेठ पहिलो सातादेखि नै कुभिन्डेमा उत्पादित लिची आउने गरेको छ। लिचीको उत्पादनलाई मध्यनजर गर्दै कुभिन्डेलाई लिचीको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना बनाइएको गाउँपालिका प्रमूख लिलानाथ निरौलाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्