१०४ वर्षका रेग्मीले गरे आत्महत्या

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज
0 Shares

नवलपरासी, १३ साउन। १०४ वर्षका जेष्ठ नागरिकले घरको चारतलाबाट हाम फालेर आत्महत्या गरेका छन्। पूर्वी नवलपरासीको कावासोती ३ थकाली चोक निवासी बोधिलाल रेग्मीले हाम फालेर आत्महत्या गरेका हुन्।

उनले छिमेकी गोविन्द क्षेत्रीको घरमाथिबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार सोमबार  छिमेकीको घरको छतमा रहेको मन्दिरको दर्शन गरी उनले सोही घरको छतबाट हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्