कसले चलायो पूर्वउपसचिव शर्माको घरमा गोली ?

Goli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १४ साउन । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली हानीएको छ। कलंकीमाई मन्दिरछेउमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली हानिएको हो।

सोमबार राति करिब ९ बजे शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा सिसा फुटे लगत्तै घरका सदस्यले  प्रहरीलाई खबर गरे। ‘हामी गएर हेर्दा पेस्तोल नभई सानो २/२ एमएम हतियारको जस्तो देखिने गोली बरामद भयो’, काठमाडौं प्रहरी परिसर, टेकुका प्रमूख उत्तमराज सुवेदी भन्छन, ‘यो किसिमको गोली सिकार प्रयोजनका लागि प्रयोग हुने गर्छ।’

गोली कसले र किन चलायो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भइरहेको सुवेदीले बताए। हालसम्मको अनुसन्धानले दुर्घटनावस गोली चलेको हुनसक्ने देखाएको जनाइएको छ। तर, घटनापछि कसैको नियत थियो र थिएन भन्ने अझै निक्र्योल भइसकेको छैन।

‘हामीले वरिपरि रहेको घर र लाइसेन्स प्राप्त हतियार भएका व्यक्तिको छानबिन थालेका छौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले भने, ‘गोली चलेको हतियारवाहक मानिस भेटिएपछि थप खुल्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्