पूर्वमन्त्री शेरबहादुर तामाङका आँखामा याेगेश भट्टराईका चुनाैति

Sher_Bahadur_Tamang
लाेकपाटी न्यूज

काठमाडाैं । पूर्वमन्त्री शेरबहादुर तामाङले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री याेगेश भट्टराईले केही चुनाैतीहरुकाे सामना गर्नुपर्ने बताएकाे छन् । उनले पर्यटन मन्त्रीकाे जिम्मेवारी पाएकाेमा भट्टराईलाई बधाई तथा शुभकामना दिँदै सामना गर्नुपर्ने चुनाैतीकाे समेत उल्लेख गरेका छन् ।

पूर्वमन्त्री तामाङले चुनाैतीहरुकाे सामना गर्न सके याेगेशलाई सफलता मिल्ने पनि बताएका छन् । उनले याेगेशलाई नेपाला भ्रमण वर्ष २०२० सफल बनाउने, डुबेको नेपाल वायुसेवा निगमलाई बचाउने, पर्यटनको माध्यमबाट राष्ट्र र जनताको समृद्धि गर्ने जस्ता मुख्य चुनाैती रहेकाे उल्लेख गर्दै यसमा सफलता मिलाेस् भनि कामना गरेका छन् ।

उनले याेगेशलाई बधाई तथा शुभकामना दिँदै फेसबुक मार्फत् यस्ताे लेखेका छन्ः– चुनाैती स्वीकार गर्नुभएकोमा हार्दिक धन्यवाद ! जिम्मेवारी पाउनुभएकोमा हार्दिक बधाई !!

कुनौ बेला एस्तो थियो, ०४८ सालको संसदीय निर्वाचनमा बहुमत ल्याउने उदेश्यसहित हामी निर्वाचनको अभियानमा थियौं । तर हामीले प्रमुख प्रतिपक्षमा चित्त बुझाउनु पर्‍यो । ०४९ को स्थानीय निर्वाचन त झन नराम्रोसँग पराजित भयौं । सो समयमा हाम्रो पार्टी एमालेबाट पलायन हुने क्रम बढ्यो । जो पार्टीमा टिकिरहेका थिए उनीहरुमा पनि जांगर थिएन । कांग्रेसको ज्यादती तीब्र थियो । एमालेका धेरै नेता कार्यकर्ताहरुलाई अनेक मुद्दा लगाएर दुख दिईरहेको थियो । त्यतिबेलाको सत्ताको दमन र ज्यादती साँच्चै डरलाग्दो थियो । सत्ताको ज्यादती खेप्न नसकेका कार्यकर्ताहरुको एक भेला बागबजारको पार्टी कार्यालयमा भयो । क. मदनले सम्बोधन गर्दै भन्नूभयो । गाउंमै गएर जनतालाई संगठित गर्दै प्रतिकार गर्ने बाहेक हामीसंग बिकल्प नभएको भन्दै हामीलाई उत्साहित बनाउनुभयो । त्यहीँ मध्येको उपस्थित कार्यकर्तामा क. योगेश लगायत हामी थियौं । त्यही उत्साह बोकेर हामी केही युवासंघ बनाउन लाग्यौं । क. योगेशहरु विद्यार्थी संगठन बनाउन लाग्नुभयो । वर्तमान पार्टी अध्यक्ष तथा सम्माननीय प्रम युवासंघको अध्यक्ष हुनुहुन्थ्यो । म भिमसेनथानमा रहेको संगठनको कार्यलय कुर्न कार्यालय सचिवको रुपमा थिएँ । क. योगेश ताहाचल संगठन र पढाईको सिलसिलामा भिमसेनथान भएर ओहरदोहर गर्नुहुन्थ्यो । कार्यालयमा चरो मुसो नाअउने बेलामा प्राय हाम्रो जंकाभेट भईरहन्थ्यो र कहिले कार्यालयमा नै बसेर त कहिले बाटोमा उभिईएर घण्टौं संगठनलाई कसरी पुनर्जीवन दिने भनेर छलफल गर्थ्यौं । आज त्यही पृष्ठभुमिबाट माथि उठेर निरन्तर जनताको सेवामा समर्पित भएर काम गर्दै जाँदा मैले पहिले नै कानून मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएँ र तपाईं मेरो राजीनामाको बेला साक्षी हुनुभयो । त्यतिबेला तपाईको सच्चा हृदयले बोलिरहेको बिषय मेरो मनमा सधैं ताजा रहने छ ।

समयक्रममा तपाईले चुनौतीसँगै अवसर प्राप्त गर्नु भएको छ । नेकपाको वर्तमान सरकारप्रति बढिरहेको आलोचनात्मक टिकाटिप्पणीलाई कम गर्न तपाईको प्रवेशले केही सकारात्मक हुने अपेक्षा गर्दछु । तपाईलाई ३ बिषयमा सफलता मिल्न सकोस् र हामी सहयोगको लागि तयार छौं ।
१. नेपाला भ्रमण वर्ष द्दण्द्दण् सफल बनाउने ।
२. डुबेको नेपाल वायुसेवा निगमलाई बचाउने ।
३. पर्यटनको माध्यमबाट राष्ट्र र जनताको समृद्धि गर्ने ।