Spread the love
  • 306
  •  
  •  
  •  
  •  
    306
    Shares

गायिका शाहको ‘पछ्यौरी भिजायो, सिमसिमे पानीले’ सार्वजनिक

0

काठमाडौं, २१ कात्तिक । ‘सिमसिमे पानीमा’ गायिकाका रुपमा परिचित गायिका रेखा शाहको नयाँ गीत ‘पछ्यौरी भिजायो, सिमसिमे पानीले’ सार्वजनिक भएको छ। यो गीत उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

हरि लम्सालको संगीत तथा भूपेन्द्र खड्काको शब्द रचना रहेको गीतमा प्रेम–प्रणयका पुरुष मनोभावलाई प्रस्तुत गरिएको छ। आफ्ना अघिल्ला गीतहरूजस्तै यो गीत पनि लोकप्रिय हुने र श्रोता तथा दर्शकको माया पाउनेमा आफू विश्वस्त रहेको गायिका शाहले बताइन्।

‘सिमसिमे पानीमाबाट सुरु भएको मेरो संगीतको यात्रा फेरि अर्को पानीकै विम्ब भएको गीतमा आइपुगेको छ । यो संयोग मात्र भए पनि गीत राम्रो भएकाले यो गीतबाट धेरै आशा गरेकी छु’, रेखा भन्छिन्। गोविन्द राईको कोरीयोग्राफी रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र महेश खड्का फिचर्ड छन्। नितिन चन्दले निर्देशन गरेको भिडियोमा दिप्सन बस्नेतको छायाँकन र सम्पादन रहेको छ।

१५ वर्षको उमेरमा ‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ बोलको गीत गाएर रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएकी रेखा शाहले नेपाली संगीतमा २७ वर्ष लगानी गरिसकेकी छिन् । समाज सेवामा समेत सक्रिय गायिका शाहका आधा दर्जन गीति एल्बम प्रकाशित छन्।

Spread the love
  • 306
  •  
  •  
  •  
  •  
    306
    Shares
You might also like
Comments
Loading...