आज पनि सकिएन आलमको थुनछेक बहस

alaam
लाेकपाटी न्यूज
0 Shares

रौतहट, २१ कात्तिक। रौतहट बम विस्फोट प्रकरणका मुख्य अभियुक्त मोमम्मद अफताब आलमको थुनछेक बहस आज पनि सकिएन्। आलमको थुनछेक बहस शुक्रबार पनि जारी हुने भएको छ।

आज दिउँसोदेखि बहस सुरु भएकोमा अदालती समय सकिएपछि भोलि (शुक्रबार) का लागि बहस सारिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए। आज नेपाल सरकारका तर्फबाट ३ जना सरकारी वकिलले बहस गरे ।

महान्यायाधीवक्ताको कार्यालयबाट गएका सहन्यायाधीवक्ता सूर्यराज दाहाल, उपन्यायाधीवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले बहस गरका हुन्।

अब बादी (नेपाल सरकार) का तर्फबाट २ जना सरकारी वकिलले बहस गर्न बाँकी रहेको श्रेस्तेदार पराजुलीले जानकारी दिए। आलमको तर्फबाट बहस गर्न भने २८ जना कानून व्यवसायीले आफ्नो वकालतनामा दर्ता गराएका छन्। यस्तै, जाहेरीकर्ता (पीडित) पक्षबाट बहस गर्नका लागि ९ जनाले वकालतनामा दर्ता गराएका छन्। आज बहस नसकिएका कारण आलमलाई शुक्रबार बिहान १० बजे उपस्थित गराउने गरी पुनः प्रहरी हिरासतमा पठाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्