यातायात व्यवस्था विभागको महानिर्देशकमा हमाल

लाेकपाटी न्यूज

काठमाडौँ, २ भदौ। यातायात व्यवस्था विभागको महानिर्देशकमा गोगनबहादुर हमाल आएका छन्। उनले आजबाट विभागको महानिर्देशकको कार्यभार सम्हालेका छन्।

उनलाई कर्मचारीहरूले स्वागत गरेका छन्। स्वागत कार्यक्रममा हमालले विभागमा आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एक हप्तादेखि यातायात व्यवस्था विभागको महानिर्देशक पद रिक्त अवस्थामा थियो। कुमारप्रसाद दाहाल विभागबाट सरुवा भएर गएपछि उक्त पद रिक्त अवस्थामा रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्