सुन काण्डमा मुछिएका बैंक प्रवन्धक स्वाँरको हृदयघातबाट मृत्यु

death
सांकेतिक तस्वीर
रासस न्यूज

राँझा, ९ भदौ । सिटिजन्स बैंक नेपालगञ्जका प्रबन्धक विवेक स्वाँरको हृदयघातका कारण आइतबार राति मृत्यु भएको छ। हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा मृत्यु भएको हो।

सिटिजन्स बैंकमा नक्कली सुन धितो राखेर बैंकलाई करोडौँ ठगी गरेको अभियोग लागेपछि मानसिक तनावमा रहेका स्वाँरको हृदयघातबाट मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

सिटिजन्स बैंकमा दिनभर व्यस्त रहेका स्वाँर आइतबार अबेर बेलुका ६ बजे कार्यालयबाट घर आएका थिए। उनी एक्कासी बिरामी भएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। स्वाँरले बैंकिङ कसुरअन्तर्गत मुद्दा भोगिरहेका थिए। गत साउन ८ गते रु २५ लाख धरौटीमा छुटेका स्वाँरको एक महिनापछि भदौ ८ गतेका दिन हृदयघातबाट मृत्यु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्