खेलकूद विकास समितिविरुद्ध अख्तियारमा उजुरी

Akhtiyar
रासस न्यूज
0 Shares

गलेश्वर, ७ भदौ। जिल्ला खेलकूद विकास समिति म्याग्दीले सामान खरीदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उजुरी परेपछि अख्तियार दुरुपयोग छानबिन आयोगले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।

हरेक वर्ष जिल्लामा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आर्थिक आयव्यय सार्वजनिक नगरेको र खेलकूदलगायतका सामान खरीद गर्दा वास्तविक मूल्यभन्दा बढीको मूल्य बनाई आर्थिक हिनामिना गरेको भन्दै छानबिन गर्न माग गरी अख्तियारको कार्यालय पोखरामा बेनामी उजुरी परेपछि छानबिन थालेको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले बताए।

यता खेलकूद विकास समिति कार्यालय म्याग्दीका कार्यालय प्रमुख दानबहादुर राईले पनि खेलकूद विकास समिति म्याग्दीविरुद्ध अख्तियारमा उजुरी परेको स्वीकार गरे। उनका अनुसार उजुरीमाथि अख्तियारले छानबिन थालेको जानकारी दिए।

‘खेलकूदलगायत विभिन्न सामान खरीद गर्दा आर्थिक हिनामिना गरेको र वार्षिक सार्वजनिक गर्नुपर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको विषयमा छानबिन गर्न माग गर्दै बेनामी उजुरी परेको छ’, सूचना अधिकारी रिजालले भने, ‘अख्तियारले उजुरीको विषयमा अनुसन्धान थालेको छ।’

कार्यालय प्रमुख राईले भने खेलकूद विकास समितिमा कुनै आर्थिक अनियमितता नभएको जिकिर गर्दै व्यक्तिगत रिसईबीका कारण कसैले अख्तियारमा बेनामी उजुरी हालेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्