भरतपुर विमानस्थलमा रात्रीकालिन उडान हुन्छ : योगेश भट्टराई

yogesh-bhattarai
लाेकपाटी न्यूज
0 Shares

चितवन, १२ भदौ। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले चितवनमा रात्रीकालिन उडानको तयारी रहेको बताएका छन्। भरतपुर विमान स्थलको स्तरवृद्धिसँगै रात्रीकालिन उडानको तयारी रहेको बताएमा हुन्।

बिहीबार बिहान भरतपुर विमानस्थलमा सरोकारवालासँगको छलफल कार्यक्रममा विमानस्थलको धावन मार्ग विस्तारसँगै रात्रीकालिन उडान गर्ने तयारी अगाडि बढेको जानकारी दिए। नेपालभरीका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले काठमाण्डौं उपात्यका नजिकै रहेको भरतपुर विमानस्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने बताए।

विमानस्थलको उत्तर तर्फ रहेको नेपाली सेनाको ब्यारेक र घोडा प्रजनन क्षेत्रले केही समस्या दिए पनि त्यसलाई केही दिनभित्रै समाधानको बाटोमा लैजाने गरी अगाडि बढेको बताए। उनले भने अबको १० दिन भित्रमा नेपाली सेनाको प्रमूख, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जिल्लाका सरोकारवालाबिच संयुक्त बैठक बसेर यो समस्या समाधान गरिने बताए।

नेपाली सेनालाई उचित स्थानमा स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तारको काम हुने बताए। भरतपुर विमानस्थलको अवस्थाको बारेमा विमानस्थलका प्रमूख पवनकुमार गौतमले पर्यटन मन्त्रीलाई जानकारी गराएका थिए। भरतपुर महानगरपालिकाका प्रमूख रेनु दाहालले विमानस्थल जोखिम भएको भन्दै यसको धावन मार्ग विस्तारको विकल्प नरहेको बताइन्। पत्रकारहरुसँगको कुराकानीमा उनले जेष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट कार्यान्वयन हुने जानकारी दिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्