जापानमा दिइयो दुई व्यक्तिलाई मृत्युदण्ड

japan pic
लाेकपाटी न्यूज

टोकियो, १७ साउन । जापानले दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको छ। हत्या आरोपमा दोषी ठहर भएकालाई मृत्युदण्ड दिइएको जापानको कानून मन्त्रालयले जनाएको छ।

यस वर्ष पहिलोपटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन् २०१८ मा विभिन्न किसिमका गम्भीर अपराधमा दोषी ठहर भएका १५ जनालाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्ड दिइएकाहरुमा ६४ वर्षीय कोइची शोजी र ५० वर्षीय यासुनोरी सुजुकी रहेका छन्।

शोजीमाथि सन् २००१ मा दुई महिलाको हत्या गरेको तथा सुजुकीमाथि सन् २००४ मा तीन महिलाको हत्यामा दोषी प्रमाणित भएको थियो। जापानमा अझै पनि १०० जना मृत्युदण्डको पखाईमा रहेका छन्। विश्वका मानव अधिकारवादी व्यक्ति एवं संस्थाहरु समेतक अन्तर्राष्ट्रिय जगतबाट जापानको उक्त कदमको विरोध भएपनि जापानभित्रै मृत्युदण्डको सजायप्रति समर्थन जनाउनेको संख्या ठूलो रहेको विभिन्न अध्ययनहरुले देखाएको छ।

जापानका कानूनमन्त्री टाकासी यामाशिताले निकै सोचविचार र अध्ययनपश्चात मृत्युदण्ड दिने विषयमा आफूले आदेश दिएको बताए । जापानमा सन् १९९८ देखि मृत्युदण्डको सजायलाई गोप्य नराखी सार्वजनिक जानकारीमै ल्याएर मृत्युदण्ड दिन थालिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्