अब उपत्यकामा सार्वजनिक विद्युतीय यातायात सञ्चालन हुने

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ साउन। सुन्दर यातायातले भदौको पहिलो हप्ताभित्र विद्युतीय सार्वजनिक यातायात शुरु गर्ने भएको छ । राजधानीमा आज वेभसाइट विमोचन गर्दै यातायातले काठमाडौं उपत्यकाभित्र विद्युतीय यातायात सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको हो ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले शुरुमा काठमाडौं उपत्यकाको रिङरोडमा विद्युतीय बस सञ्चालन गर्ने र देशभर विस्तार गर्ने योजना रहेकाे बताए । उनले भने, ‘भदौको पहिलो हप्ताभित्र विद्युतीय बस संचालनमा ल्याउँदैछौं ।’ बसका लागि चार स्थानमा विद्युत चार्ज गर्ने स्टेशन समेत राखिने उानले बताए । उनले विद्युतीय बसको भाडा अनलाइनबाटै तिर्न सकिने जानकारी दिए । अग्रिम रकम तिरेर कार्ड लिई बस चढ्न सकिने समेत उनले बताए ।

यातायात संचालनमा निकै अवरोध खडा भएको सुनाउँदै उनले बाधा अवरोध फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष निर्देशन दिएको समेत बताए । अवरोधका बाबजुद काम शुरु गर्न लागेकोमा सबैको सहयोगको अपेक्षा राखेकाे कुरा उनले व्यक्त गरे ।

कार्यक्रममा सुन्दर यातायात प्रा.लि.को वेवसाइट समेत विमोचन गरिएकाे थियाे । काठमाडौं महानगरपालिका प्रमूख प्रशासकीय अधिकृत केदार न्यौपानेले दीपप्रज्वलन गरी वेभसाइटको विमोचन गरेका थिए । उनले यातायात सञ्चालनपूर्व निकै अवरोधहरु पन्छाउनु परेको सुनाए । अवरोधका बाबजुद यातायात सञ्चालनमा आउन लागेकोमा सफलताको कामना समेत गरे ।

त्यस्तै, यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले विद्युतीय सेवा सर्वशुलभ र सस्तो हुने भएकाले यसलाई प्रोत्साहित गरिने बताए । उनले विभागले यातायात क्षेत्रमा राम्रो कार्य गर्न लागेको भन्दै सुन्दर यातायातको प्रशंशा गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्