जुवामा श्रीमती हारेपछि साथीबाट सामूहिक बलात्कार !

Kaliyug - rape
लाेकपाटी न्यूज

काठमाडौं। भारतको उत्तर प्रदेशस्थित जउनपुर जिल्लामा हालै भएको एक घटनाले महाभारतकोे याद दिलाएको छ। महाभारत पर्वमा पाँच पाण्डवले द्रोपतीलाई मामा सकुनीद्वारा मायाजाल युक्त पासामा फसायको कथा त हामिले सुनेकै हो तर, कलियुगको महाभारत भने अहिले समाजिक सञ्जालमा चर्चामा छ।

एजेन्सीका अनुसार उक्त योजना पीडितका श्रीमानले रक्सी खाएर जुवा खेल्नुपूर्व नै सहमती गरिसकेका थिए। आफूले हारेमा श्रीमतीसँग सम्बन्ध बनाउनमा कुनै रोकटोक नहुने उनको सहमती रहने गर्थो।

भारतीय सञ्चार माध्ययमले जनाए अनुसार, पीडित महिलाका श्रीमान जुवा र रक्सीको कुलतमा फसेका छन्। श्रीमानका साथी अरुणसँगै एक जना अनिल नाम गरेका आफन्त प्रायः उनको घर आउ जाउ गरिरहन्थे। उनीहरु आएपछि रक्सी र जुवा सुरु गर्दे श्रीमतीलाई आफूहरुको सेवामा लाग्न दबाव दिन्थे।

कुनै न कुनै वहानामा आफ्नी श्रीमतीलाई नजिक बोलाएर साथीहरुलाई श्रीमतीको मोल देखाउन खोज्थे। एक दिन आफूसँग भएको पैसा जति जुवामा हारेपछि पतिले श्रीमतीलाई दाउँ लगाए र हारे। उनले श्रीतीलाई हारेपछि पूर्व योजना अनुरुप अरुण र अनिलबाट उनी सामूहिक बलात्कारको सिकार बनिन्।

आफूमाथि अपराध सहन नसकेर उनले घर त छाडेर हिडिन् तर अन्त जाने ठाँउ नहुँदा माइतीको शरणमा बस्न थालिन्। घटनाको केहि दिनपछि माइतमै पुगेका श्रीमानले यस्तो गल्ती पुनः नदोहरिने वाचाका साथ माफी मागेर उनलाई फर्काएर ल्याएका थिए।

तर, घर फर्किंदै गर्दा बीचमै गाडी रोखेर पतिले अनिल र अरुणलाई पनि गाडीमा बसाले। दुबैले जुवामा हारेको हुँदा उनले फेरि पालैपालो बलत्कार गरे। महिलाले घटनाको उजुरी पुलिसमा गर्दा पुलिसले मुद्दा दर्ता गर्न मानेन्। पुलिसले कुरा नसुनेपछि उनी अदालत पुगेकी थिइन्। अदालतले घटनालाई गम्भीरको श्रेणीमा राखेर कारवाही अगाडि बढाई कार्वाहि सुरु गरेको छ।(एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्