अमेरिकामा फेरि बन्दुक आक्रमण : १० जनाको मृत्यु

golabari pic
लाेकपाटी न्यूज

काठमाडौं, १९ साउन। अमेरिकामा पछिल्ला केही घन्टाभित्र दुई वटा बन्दुक आक्रमण भएका छन्। दोस्रो बन्दुक आक्रमण ओहायो राज्यको डेटोनमा स्थानीय समयअनुसार आइतबार बिहान साढे १ बजेतिर भएको थियो।

मध्य सहरमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली हानेका थिए। गोली लागेर नौ जना मानिस मारिएका छन् भने १६ जना घाइते भएका छन्।

गोली लागेर बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ। केही घन्टाअघि टेक्ससको एल पासोमा भएको बन्दुक आक्रमणमा २० जनाको मृत्य भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्