राजेन्द्र महताेसहित ८ जनाकाे नागरिकता बदर गर्ने सरकारकाे निर्णय

cabinet-pm-office-1
लाेकपाटी न्यूज

काठमाडौं, १९ साउन । सरकारले ८ जनाकाे नागरिकता खारेज गर्ने निर्णय गरेकाे छ । झुटो विवरण पेश गरी नागरिकता लिएकाे भन्दै सरकारले ८ जनाको नागरिकता बदर गर्ने निर्णय गरेकाे हाे ।

गत साता बसेको मन्त्रिपरिषद् बैठकले ८ जनाको नागरिकता खारेज गर्ने निर्णय गरेको हो । नागरिकता बदर हुनेमा अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो रहेका छन् ।

झुटो विवरण पेश गरी नागरिकता लिएकाे देखिएकाले उनीहरुकाे नागरिकता रद्ध भएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।