सुनकाे मूल्यमा इतिहासकै उच्च रेकर्ड, कति पुग्याे ताेलाकाे ?

लाेकपाटी न्यूज

काठमाडाैं, १९ साउन। नेपाली बजारमा सुनको मूल्यले अहिले सम्मकै उच्च रेकर्ड बनाएकाे छ ।  नेपाल सुन चाँदी व्यवसायी संघले आईतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ६६ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबारका लागि लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारको इतिहासकै सबै भन्दा उच्च बिन्दु हो । गत शुक्रबार पनि सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताएका छन् । अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यापार युद्धको असर अन्तराष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको उनले जनाए ।

अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको हो । विश्व राजनीतिमा देखिएको असमझदारी कायम रहेसम्म सुनको बजार प्रभावित भइरहन सक्ने संघले जनाएकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्