पूर्वमन्त्री विष्टलाई हृदयाघात भएपछि विमानकाे गरियाे आकस्मिक अवतरण

लाेकपाटी न्यूज

काठमाडौं, १९ साउन । पूर्वमन्त्री तत्पबहादुर विष्टलाई हवाइ यात्रा गरिहँदा आकाशमै हृदयाघात भएपछि भैरहवा विमानस्थलमा विमान आकस्मिक अवतरण गरिएको छ । पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री रहेका विष्ट आइतबार दिउँसो बुद्ध एयरको उडानमार्फत नेपालगञ्जबाट काठमाडौँ आउने क्रममा हृदयाघात भएको हो।

जहाज उडिरहँदा हृदयाघात भएपछि बुद्ध एयरको सो उडान भैरहवा विमानस्थलमा अपरान्ह आकस्मिक अवतरण गरिएको हो । उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ। स्वास्थ्य जाँचपछि अवस्था सुधार उन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनलाई थप उपचारका लागि काठमाडाैं ल्याउने तयारी भइरहेको छ। चिकित्सकहरूले स्वास्थ्य जाँचपछि उनलाई पहिला गरेको अप्रेशनको साइड इफेक्ट देखिएको बताएका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर ३ बाट विजयी विष्ट शेरबहादुर देउवा नेतृत्वको पछिल्लो सरकारमा सञ्चार राज्यमन्त्री बनेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्