उडेको जहाजमा पूर्वराज्यमन्त्री विष्ट बेहोस भएपछि…

Buddha Air
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, २० साउन। बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौंतिर उडिरहेको थियो। नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो।

जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए। जहाजको मध्यभागमा एक यात्रु एक्कासी बेहोस भएपछि खैलाबैला भयो। १३ नम्बरको सिटमा बसिरहेका ती यात्रु थिए, सुर्खेतका ६० वर्षीय तप्तबहादुर विष्ट जो पूर्वराज्यमन्त्री हुन्।

छेउछाउका मान्छे चिच्याएपछि एयरहोस्टेस कृति त्यहाँ पुगिन्। मुखबाट बान्ता निस्किएको अवस्थामा विष्ट सिटमै बेहोस थिए। यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्