बागलुङमा पहिरोमा परी एकको मृत्यु, दुई बेपत्ता

pahiro pic
सांकेतिक तस्वीर
रासस न्यूज
0 Shares

बागलुङ, २० साउन। तमानखोला गाउँपालिका ४ लाम्मेला सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन्। आइतबार राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ।

पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम नेपालीले जानकारी दिए। पहिरोमा हराइरहेकाको खोजीकार्य जारी छ।

डेढ सय मिटर माथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पुर्‍याएको जनाइएको छ। पहिरोमा परी घाइते भएका छ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन्। घाइतेको उपचारको लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्