मौसम पूर्वानुमान : बुधबारसम्म भारी वर्षाको सम्भावना

walking-on-rain
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, २० साउन। मौसमविद्हरुले आगामी तीन दिन देशभर वर्षा हुने पूर्वानुमान गरेका छन्। मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ) सरेको र हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

तराईका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भैरहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्