काठमाडौं, २१ साउन। संघीय संसद् सचिवालयले आफूसँग भएका दर्जनौं सद्दे सवारी साधन बिग्रिएको देखाएर करोडौं मूल्यमा १८ वटा नयाँ गाडी खरिद गरेको खुलासा भएको छ।
सचिवालयमा भएका गाडी थन्काएर नयाँ किन्दा राज्यलाई १२ करोड बढी रुपैयाँको व्ययभार थपिएको छ। सरकारले आर्थिक मितव्ययिताको नीति अवलम्बन गरिएको बताउँदै आए पनि संसद् सचिवालयले भने सो नीतिको खिल्ली उडाउँदै महँगो मूल्यमा स्कार्पियोे गाडी खरिद गरेको हो।
सचिवालयका अनुसार पछिल्लोपटक प्रतिगाडी झन्डै ६५ लाख मूल्य तिरिएको छ।सचिवालय परिसरमा सय बढी सवारी साधन थन्क्याएर राखिएको छ भने बर्से्िन महँगोमा गाडीहरू थप्ने क्रम जारी छ।
परिसरमा राखिएका गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि ‘बिग्रिएको’ भन्दै प्रयोग नगरेको पाइएको छ। सचिवालयले चलिरहेका गाडी थन्क्याएर संसदीय समितिका सभापतिहरूलाई नयाँ गाडी किनेर दिएको हो। सभापतिहरू पनि नयाँ गाडी चढ्ने होडबाजीमा उत्रन थालेका छन्।
सचिवालयका कर्मचारीका अनुसार सभापतिको नयाँ गाडी चढ्ने लालसाका कारण पुराना गाडी थन्काएर नयाँ किन्नुपर्ने बाध्यता आएको हो। यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्।
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34