पत्रकार पुडासैनीद्वारा आत्महत्या

pudasaini
लाेकपाटी न्यूज
0 Shares

चितवन, २१ साउन। चितवनको पोखरा बसपार्कमा एक व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन्। उनी पत्रकार शालिकराम पुडासैनी भएको उनको साथमा भेटिएको परिचयपत्रबाट खुलेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले माउन्टेन टेलिभिजनको परिचय पत्र र होटलमा टिपाएको नामको आधारमा उनि पत्रकार पुडासैनि रहेको बताएको हो। प्रहरीले झुन्डिएको अवस्थामा रहेको शवसँगै कोठाको खाटमा पर्स फेला पारेको थियो। पर्समा रहेको परिचय पत्र र होटलमा लेखाएको नामको आधारमा पत्रकार पुडासैनीको नुवाकोट स्थित घर-परिवारलाई जानकारी गराएको प्रहरीले जनाएको छ। प्रहरीले परिवारका सदस्य आएपछि मात्र शवलाई निकाल्ने बताएको छ।

होटलले प्रहरीलाई दिएको जानकारी अनुसार सोमबार दिउँसो करिव ३ बजे काठमाडौंबाट आएका उनले होटल बुकीङ गरेर केही समय होटलको कोठामा बसी केही समयपछि होटलबाट बाहिर गएका थिए, त्यसपछि होटलमा आएका उनले आफूले साधा खाना खाने बताउँदै खाना खान आफै तल झर्ने जानकारी दिएर कोठामा गएका थिए।

होटलले प्रहरीलाई बताए अनुसार जब सोमबार बेलुका ८ बजेसम्म पनि उनि खान खान तल झरेनन्, तब होटलले उनि बसेको कोठामा पुगी उनको ढोका ढकढकाएको थियो। ढोका नखुलेपछि होटलले प्रहरीलाई खबर गर्‍यो। लगत्तै पुगेको प्रहरीले ढोका तोडेर हेर्दा पुडासैनिलाई झुन्डिएको अवस्थामा फेला पारेको थियो।  अहिले घटनास्थल प्रहरीको नियन्त्रणमा रहेको र उनको परिवार आएपछि थप अनुसन्धानको काम अगाडी बढाउने चितवन प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्