याैन जीवनमा बाधा भएकाे भन्दै आमाले गरिन् आफ्नै दुई छाेरीकाे हत्या

लाेकपाटी न्यूज

काठमाडौं । आफ्नाे याैन जीवनका बाधा भएकाे भन्दै एक आमाले आफ्नै कलिला २ छोरीको हत्या गरेकी छिन् । दुई छाेरीकाे हत्या गरेकी लुसे पोर्टन नामकी महिलालाई उक्त यो अपराधको लागि आजीवन कारावासको सजाय सुनाइएको छ ।

घटना बेलायतको रग्बी शहरको हो । बीबीसीको रिपोर्ट अनुसार यी महिलाले छोरीको हत्याको केही दिनपछि नै पैसाको बदलामा सेक्सको अफर दिइरहेकी थिइन् । दोषी ठहर भएपछि अदालतले २३ वर्षकी यी महिलालाई शुक्रबार सजाय सुनाएको हो ।

यद्यपि महिलाले अदालतमा छोरीहरुको हत्या गरेको अवीकार गरेकी थिइन् । गत वर्ष १८ दिनको अन्तरालमा ३ वर्षकी छोरी लेक्सी ड्रेपर र १७ महिनाकी स्कार्लेट वुगनको मृत्यु भएको थियो ।

अदालतले हत्या सोचविचार गरेर गरिएको ठहर गरेको छ । हत्यापछि महिलाले छोरीहरुका कपडा फेसबुकमा बेच्ने कोसिस गरेकी थिइन् । कालो पोलिथिनमा छोरीहरुका कपडा राखेर उनले हरेक प्याकेटको लागि १२७० रुपैयाँ मागेकी थिइन् । अब ती महिलाले कम्तिमा ३२ वर्ष जेलमा बस्नुपर्ने बताइएकाे छ । –एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्