बोनम्यारो रोगी मियुङ्गले भनिन्– मलाई बचाइदिनुहोस् ! डाक्टर बनेर देशको सेवा गर्न चाहन्छु

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ साउन । बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँच वर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् ।

‘मियुङ्ग पुन मगर बचाऔं अभियान’ले सहयोगी मनहरुका लागि ग्लोबल आई.एम.ई.बैकको खाता नं. ०७०७०१०००८४१७मा रकम जम्मा गरिदिन आग्रह गरेको छ । भूपेन्द्र बुढा, उषापुन र सबिन पुलामी मगरको नाममा रहेको संयुक्त खाता पारदर्शी गरिएको समेत जानकारी गराइयो ।

सहयोगका लागि मियुङ्ग पुनकी आमा उषापुनको सम्पर्क नम्बर ९८६६–३०८४३८ मा सम्पर्क गर्न सकिने जानकारी दिइयो । सहयोग गर्न चाहनेहरुले सबिन पुलामी मगरको ९८५१०–५९७४९ मापनि सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
रोल्पा जिल्ला थवाङ गाउँपालिका वडा नं. ५ जीवनपुन र उषापुन मगरकी पाँच वर्षीया छोरी मियुङ्ग पुन मगर लामो समयदेखि बोनम्यारो रोगबाट पिडित छिन् ।

कार्यक्रममा उपस्थित भएकी मियुङ्ग पुन मगरले आफू बाँच्न चाहेको बताइन् । पाँच वर्षीया बालिकाले भनिन्, ‘मलाई बचाइदिनुहोस्,म बाँचेर डाक्टर बनी देश र समाजको लागि काम गर्छु ।’

उनकी आमा उषापुन मगरले रुँदै आफ्नी छोरी जन्मेको तीन महिनादेखि नै रोगी भएको र उपचार गर्दा तीनचार वर्ष अगाडि बोनम्यारो रोगको सिकार भएको पत्ता लागेको बताइन् । छोरीको तीन महिना अघिदेखि अल्का अस्पतालमा उपचार गराएको र हाल सिभिल हस्पिटल बानेश्वरमा उपचार गराईरहेको उनले बताइन् ।उपचारमा आफ्नो सबै सम्पत्ति सकिएको र सम्पत्तिका रुपमा छोरी मात्र बाँकी रहेको हुँदा छोरीको उपचारका लागि सहयोग गर्न आग्रह गरिन् ।

मगर संघका अध्यक्ष समेत रहेका आदिवासी जनजाति संघका कार्यवाहक अध्यक्ष नवीन रोक्का मगरले मियुङ्ग पुन मगरको जीवन रक्षाका लागि सबैलाई आआफ्नो ठाउँबाट सहयोगको आग्रह गरे । बचाउ अभियानमा युवाको तर्फबाट भएको बताए । रोग लागेर उपचारमा समस्या रहेकाहरुको सहयोगका लागि सरकार नै लाग्नुपर्ने बताए ।

मियुङ्गपुन मगर बचाउ अभियानमा सात जनाको टोली बनाएर अभियान चलाएको र उपचारका लागि पचास लाख लाग्ने हुँदा सबैले सहयोग गरिदिन समेत आग्रह गरे ।
कार्यक्रममा समाजसेवी तथा युवा नेता जितेन्द्र पुन मगरले बालिकालाई सहयोगको अपिल गरे ।

सानै उमेरमा बालिका प्राणघातक रोगको आक्रमणमा परेकाले आफूहरु सहयोग जुटाउन सक्रिय भएको बताए । उनले भने,‘सबैको सहयोगका लागि आग्रह गर्छौं ।’ गाउँ तथा नगरपालिकाको सिफारिस मार्फत सरकारले एक लाख रुपैयाँ दिने र यसले नपुग्ने भएको हुनाले सहयोगको दायरा सरकारले बढाउनुपर्ने माग गरे ।

मियुङ्ग पुन मगर बचाऔं अभियान समितिकी संयोजक समाजसेवी जुनु पुन मगरले अहिलेसम्म २७ जना यस्ता बालबालिकाको उपचारमा सहयोग गरिसकेको बताइन् ।

उनले मियुङ्गको उपचारमा एक महिनामा ४५ हजार लाग्ने भन्दै मियुङ्ग पुन मगरलाई बचाउनका लागि देश तथा विदेशमा रहनुभएका सबैलाई सहयोगको आग्रह गरिन् । त्यस्तै, समाजसेवी सबिन पुलामी मगरले सबैलाई सहयोगका लागि आग्रह गरे । बालिकालाई पुर्नजन्म दिन सबैको साथ र सहयोग रहेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्