संघीयता जतिसक्दो छिटो खारेज गरौं

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ साउन। संविधानविद् डा. भीमार्जुन आचार्यले वर्तमान संघीय व्यवस्थालाई खारेज गर्नु पर्ने तर्क गरेका छन्। गत बिहीबार प्रदेश नम्बर २ को सरकारले संघीय सरकारको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि डा. आचार्यले त्यसबारेमा टिप्पणी गर्दै यस्तो धारणा राखेका हुन्।

उनले ट्वीटरमा लेखेका छन्,‘प्रदेश सरकारले संघीय सरकारको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। आखिर संघीय व्यवस्था मुद्दै मुधा र तनावै तनावको व्यवस्था हो। मुद्दा मामिलामा रमाउनेहरुको लागि यो व्यवस्था स्वर्गीय व्यवस्था हो। यसको क्लाईमेक्स त बाँकी नै छ। सकिन्छ भने जति सक्दो छिटो यसलाई बिदा गरौं।’

उनको पोष्टमा मिश्रित प्रतिक्रिया आएका छन्। कतिपयले नेपालजस्तो सानो देशको लागि संघीयता भालुको कन्पट हो, धान्न सक्दैन भनेरपनि लेखेका छन्। त्यस्तै, रोशनराज सुच्मदर्शी (जनक) ले आचार्यलाई जवाफ दिँदै लेखेका छन्,‘राजतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता विषयमा जनमतसंग्रह अनिवर्या गर्नुपर्ने थियो। तर पश्चिमा शक्तिको आडमा अवैधानिक रुपले सबै संरचना ध्वस्त पार्ने काम भयो। त्यसैको परीणाम अब देशले भोग्दै र भोग्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्