अन्तिम थाेपा रगत रहेसम्म कश्मीरका लागि लड्छाैं : इमरान खान

imran-Khan
लाेकपाटी न्यूज

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरका लागि अन्तिम थोपा रगत बाँकी रहेसम्म लड्ने बताएका छन् ।

प्रधानमन्त्री खानले भारतीय प्रशासनमा रहेको कश्मीरी भूमिमा भारतले जातीय नरसंहार गरिरहेको समेत आरोप लगाए । पाकिस्तानको संसदमा बोल्दै उनले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई हिटलरको नेतृत्वमा रहेको नाजी जर्मनीसँग तुलना समेत गरे । उनले भने ‘यो केही गर्नैपर्ने समय हो ।’

सम्बोधनका क्रममा उनले पाकिस्तान कश्मीरका लागि अन्तिम थोपा रगत बाँकी रहेसम्म लडिरहने समेत उद्घोष गरे । भारतले जम्मू कश्मीर राज्यलाई दिएको विशेष राज्यका मान्यता खारेज गरेपछि प्रधानमन्त्री खानको यस्तो भनाइ आएको हो ।

पाकिस्तान र भारत दुवै मुलुकले कश्मीरमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् । कश्मीरकै विषयलाई लिएर दुई मुलुकबीच दुईपटक युद्ध भइसकेको छ । भारतको पछिल्लो कदमपछि दुई मुलुकबीचको सम्बन्ध नराम्ररी बिग्रिएको छ ।

–एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्