अवैध कुखुराका चल्ला बरामद

challa pic
लाेकपाटी न्यूज
0 Shares

चितवन, २५ साउन। भारतबाट अवैधरुपमा नेपाल भित्राइएका पाँच हजार पाँच सय कुखुराका चल्ला व्यवसायीले शनिबार नियन्त्रणमा लिई नष्ट गरेका छन्।

रौतहटबाट तनहुँको डुम्रेतर्फ लैजाँदै गरेका चल्ला नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेबाट नियन्त्रणमा लिई भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमाल्याई नष्ट गरिएको हो।

कुखुराका चल्ला ल्याउन प्रयोग गरिएको ना ४ च ३६९८ नं गाडीसहित व्यवसायीले नियन्त्रणमा लिएका ह्याचरी उद्योग सङ्घका सहसचिव पुरु खनालले जानकारी दिए। सवारीलाई भन्सार कार्यालय पठाइने जनाइएको छ। चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्