खाल्डाेमा डुबेर दुई यु्वाकाे मृत्यु

लाेकपाटी न्यूज
0 Shares

धादिङ, २५ साउन । बालुवा झिक्न खोलामा बनाएको पोखरीमा डुबेर धादिङ गजुरी गाउँपालिकाका दुई युवाको ज्यान गएको छ । मेसिनले बनाएको खाल्डोमा डुबेर दरिङाल खोलामा शनिबार बिहान १९ वर्षीय भीम तामाङ र २१ वर्षीय सुमन तामाङको मृत्यु भएको हो ।

गजुरी गाउँपालिका–७ का उनीहरु दुवै नुहाउनका लागि खोलामा गएका थिए । सोही क्रममा उनीहरुकाे डुबेर मृत्यु भएकाे हाे। उनीहरुसँगै पौडी खेल्न गएका अन्य दुई जनाले भने पौडिएर ज्यान जोगाउन सफल भएका छन् ।

दुई युवाको मृत्युपछि आक्रोशित भएका स्थानीयले खोलामा रहेका तीन वटा स्काभेटरमा आगजनी गरेका छन्। नदी तथा खोलामा मेसिन प्रयोग गरेर बालुवा उत्खनन गर्न रोक लगाइए पनि प्रहरी प्रशासनको आँखा छल्दै धादिङमा तस्करी गर्नेहरुले मेसिनको प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्