बच्चासहित संसद भवन पुग्दा महिला सांसदलाई किन निकालियो ?

kenya
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ साउन।  विश्व जति नै आधुनिकतातर्फ लम्किरहेको भए पनि एउटा महिलाहरुका लागि हरेक क्षेत्रमा काम गर्न सहज छैन भन्ने प्रमाणित हुँदै आएको कुरा हो। सामाजिक , आर्थिक , राजनीतिदेखि सबै क्षेत्रमा एउटा महिला त्यसमाथि पनि आमालाई निकै कठिनाई र असमानताहरु छन्।

जसको पुष्टी हालै केन्यामा भएको एक घटनाबाट पुष्टी भएको छ। केन्याकी एक जना महिला सांसद यस्तै समस्या र विभेदबाट पीडित बनेकीछिन्। सांसद जुलैखा हसनले संसद भवनमा जब आफनो ५ महिने बच्चालाई साथै लिएर पुगिन् तब उनलाई संसद भवनबाटै निकालिएको छ।

घरमा बच्चा हेर्ने केयरटेकर नआएपछि उनले आफनो ५ महिने बच्चालाई साथमा लिएर सांसद भवन पुगेकी थिईन् तर उनलाई चेम्बरमा पुगे लगत्तै सभामुखले उनलाई संसद भवनबाट बाहिर निक्लन आदेश दिए। उनले जुलैखालाई बच्चालाई बाहिरै छोडेर भित्र आउँन भने। बच्चालाई सांसद भवनलाई ल्याएको भन्दै पुरुष सांसदहरुले समेत उनको आलोचना गरे। जुलैखामाथि कराउँन थालेपछि उनलाई निकालिएको हो। उनीहरुले बच्चालाई नै सांसद भवनमा ल्याउनु लज्जाजनक भएको टिप्पणी गरेका छन्।

जुलैखालाई संसद भवनबाट बाहिर निकालिएपछि महिला सांसदहरुले उनको समर्थन गरे  उनीहरुले जुलैखालाई संसद भवनबाट निकालिएको भन्दै आलोचना पनि गरे। उनीहरुले कति देशहरुमा महिला सांसदले भैपरी आए आफनो बच्चालाई संसद भवन लिएर जाने गरेको बताउँदै पुरुष सांसदको बिरोधलाई पनि उनीहरुले बिरोध गरेका थिए। एउटा सांसद त्यसमाथि पनि महिलालाई संसद भवनबाटै बाहिर निकालिएको घटनाको केन्यासहित अन्य देशहरुमा पनि आलोचना भईरहेको छ। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्