श्रेष्ठको हत्यामा संलग्न दुई पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज
0 Shares

महोत्तरी, २७ साउन। महिला हत्याको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौशाला नगरपालिका २ का दशैं ठाकुर र वडा नं. ८ का राजकिशोर गिरी रहेका छन्।इलाका प्रहरी कार्यालय गौशालाले सोमबार बिहान पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजानिक गरेको हो।

गएको असार ५ गते रातिको समयमा गौशाला नगरपालिका १० की अन्जुकुमारी श्रेष्ठलाई धरिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।मृतक श्रेष्ठले प्रयोग गरेको मोबाइल गिरीको घरबाट फेला परेको र त्यसैलाई आधार बनाएर अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए। गौशाला बजारमा संचालित निर्धन उत्थान बैंकमा कार्यरत श्रेष्ठलाई रातिको समयमा उनकै घरमा चक्कु प्रहार गरि हत्या गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्